त्रिकोणात्मक प्रेमकथामा उदयको आरुसी

काठमाडौं । तीन वर्ष अघि फिल्म ‘रेफ्युजी’ दर्शकमाझ ल्याएका निर्देशक उदय सुब्बाले नयाँ फिल्म ‘आरुसीी’ निर्माण गर्ने भएका छन् । गणपति फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म मंसिर १५ गतेबाट फ्लोरमा जाँदैछ ।

साहारा प्रधान, बिरु गुरुङ र केशवकुमार श्रेष्ठ लगानी रहने फिल्म झापा, इलाम, तिर्थुङ, ताप्लेजुङ र संखुवासभामा छायांकन गरिनेछ । फिल्मको प्रमुख हिरोका लागि कलाकारको खोजी भइरहेको निर्देशक सुब्बाले बताए ।

फिल्ममा इशक राई, रमा लिम्बु, सुनिल थापा, सुरविर पण्डित, कला राई, दमन रुपाखेती, बिरु गुरुङ, भूपेन्द्र लिङ्देनलगायतका कलाकारको अभिनय रहनेछ । मौनता श्रेष्ठको पटकथा तथा संवाद रहने यस फिल्ममा विक्रम डिसीको छायांकन, बिरु गुरुङको कथा, तारा थापा किम्भेको सम्पादन, राजु किराँतीको द्वन्द्व तथा विकास चौधरी र ताराप्रकाश लिम्बुको संगीत, कमल राई र दिनेश पाख्रिनको नृत्य रहनेछ । फिल्म २०७६ सालको वैशाख १ मा रिलिज हुनेछ ।