विवाह गर्न प्रियंकाको हेलिकप्टर यात्रा

मुम्बई(एजेन्सी) । बलिउड जोडी रणवीर सिंह र दीपिका पादुकोणको विवाह पछि अर्को जोडी प्रियंका चोपडा र निक जोनासको हुन लागेको विवाहको चर्चाले बलिउड निकै गर्माएको छ ।

डिसेम्बर २ मा उनीहरुको विवाह जोधपुरको उम्मेद भवनमा हुँदैछ । क्रिश्चियन र हिन्दु परम्परा अनुसार हुने विवाहमा प्रियंका हेलिकप्टरबाट उम्मेद भवन पुग्नेछिन् । जहाँ एक हेलिप्याड पनि बनाइएको छ । मेवार हेलिकप्टर सर्भिसेसका अनुसार २९ नोभेम्बर र ३ डिसेम्बरका लागि उक्त कम्पनीको एक हेलिकप्टर बुक गरिएको छ ।

२९ नोभेम्बरको दिन हेलिकप्टर उदयपुरबाट सिधै जोधपुरको उमेद प्यालेसमा अवतरण हुनेछ । हेलिकप्टर डिसेम्बर ३ मा मात्र उदयपुर फर्किनेछ । हेलिकप्टरमा कोको जानेछन् भन्ने कुरा केही खुलाइएको छैन ।

बताइए अनुसार प्रियंकासँग निक पनि हुनेछन् । यो हेलिकप्टरमार्फत पाहुनालाई जोधपुरको एयरपोर्टबाट चारपाँचपटक उम्मेद भवनमा ओसारिनेछ ।