दोस्रो सातामा आकाश–आश्माको ड्रिम गर्ल

काठमाडौ । निर्देशक ऋषिराज आचार्य निर्देशीत प्रेमकथानक फिल्म ड्रिम गर्ल शुक्रबारदेखि दोश्रो सातामा प्रबेश गरेको छ । ७ मंसिरदेखि प्रदर्शनरत फिल्मले उत्साहजनक ब्यापार गरिरहेको छ । यो साता कुनै पनि नेपाली फिल्म रिलिज नभएकाले पनि ड्रिम गर्लले धेरै हल पाएको हो ।

केही दिनअघि मोफसल यात्रा गरि फर्र्कीएको ड्रिम गर्ल युनीट दर्शकले फिल्म मन पराएकोमा खुशी छ । लभ, कमेडी, एक्शन र सेन्टिमेन्टसले भरिएको फिल्ममा आकाश श्रेष्ठ, आश्मा गिरी, विल्सन बिक्रम राई, पूजा पराजुली, सुरवीर पण्डित, अर्जुन श्रेष्ठ, शिसिर भण्डारीलगायतका कलाकारले अभिनय गरेका छन् ।

अर्जुन शर्मा, रामेश्वर घिताल, निर्देशक ऋषिराज आफै र दक्षिण भारतीय कम्पनी रिल एण्ड रियलको संयुक्त निर्माणमा बनेको फिल्म काठमाडौ, रारा ताल र थाइल्याण्डका बिभिन्न स्थानमा खिचिएको हो ।

स्वदेशको प्रदर्शनपछि ड्रिम गर्ल बिदेशमा प्रदर्शन गरिने निर्देशक आचार्यले बताउछन् । डेब्यु फिल्मबाट पाएके प्रतिक्रियाप्रति हिरोइन आश्मा पुलकीत छिन् । दर्शकले आफ्नो काम मन पराइदिएकोमा आफूलाई हौसला बढेको आश्मा बताउछिन् । आरबि मुभीजको ब्यानरमा बनेको फिल्मको स्क्रिप्ट निर्देशक ऋषिराज आफैले लेखेका हुन् । नवीन निरौलाले सम्पादन गरेको फिल्म राहुल राई र रामेश्वर हुमागाईले खिचेका हुन् ।