तमिल अनलाइनमा रजनीकान्तको २.० लिक

मुम्बई(एजेन्सी) । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको बहुप्रतिक्षित फिल्म ‘२.०’ बिहीबार रिलिज भएको छ । फिल्मलाई पाइरेसीबाट बचाउनका लागि मद्रास उच्च अदालतले ३७ इन्टरनेट सेवा प्रदायकका करिब १२ हजार वेबसाइट ब्लक गर्न आदेश दिएको छ ।

तर उच्च अदालतको आदेशलाई उल्लंघन गर्दै फिल्मको पूर्ण एचडी प्रिन्टलाई पाइरेसी वेबसाइट तमिल लकर्सले वेभसाइटमा राखेको छ । फिल्म युनिटले यो विषयमा पुष्टि नगरे पनि निर्माण पक्षका लागि भने तनावको विषय बनेको छ ।

तमिल रकर्स अनलाइनको निकै प्रख्यात वेभसाइट हो । यो भन्दा अघि पनि साइटले ‘ठग्स अफ हिन्दुस्तान’, ‘सुई धागा’, ‘अन्धाधुन’ र ‘नोटा’ जस्ता फिल्म यो अनलाइनबाट लिक भइसकेको छ ।

रजनीकान्तको फिल्मले रिलिज अघि नै आफ्नो लगानीको करिब ८० प्रतिशत पैसा कमाइसकेको छ । यो फिल्मको संगीत र प्राविधिक अधिकारसँगै तमिलको प्रि बुकिङबाट कुल ४ सय ९० करोड कमाई गरिसकेको छ । ६ सय करोडमा बनेको यो फिल्मले रिलिज अघि नै ५ सय करोड कमाई गरिसकेको छ ।