जन्मदिनमा बादलको झुम झुम

काठमाडौं । गीतकार र संगीतकार बादल घिमिरेले आफ्नो जन्मदिनको अवसर पारेर रोमान्टिक शैलीको गीत ‘झुम झुम’ बजारमा ल्याएका छन् । राजधानीमा बिहीबार संगीतकार लक्ष्मण शेष, दीपक शर्मा, पत्रकार एवं गीतकार सुमन पण्डितले उनको गीतको अडियो सार्वजनिक गरेका हुन् ।

टिपिकल नेपाली शब्दहरू प्रयोग गरेर लोक मेलोडीमा तयार पारिएको गीतमा गायिका मिना निरौला, गायक गोपाल ज्ञवाली र बादल घिमिरेको स्वर सुन्न सकिन्छ । बादल घिमिरेको शब्द र संगीत रहेको गीतमा साहस शाक्यको एरेन्ज छ । नेपाली सुगम संगीतमा काम गर्दै आएका बादल घिमिरेको अन्य लोकप्रिय गीतहरू बजारमा आइसकेका छन् ।