निकसँग प्रियंकाले कसिन् लगनगाँठो

मुम्बई(एजेन्सी) । बलिउडकी देशी गर्ल प्रियंका चोपड़ाले अमेरिकी गायक निक जोनससँग भारतको जोधपुरमा क्रिश्चियन विधि अनुसार विवाह गरेकी छन् । प्रियंकाकी वेडिङ ड्रेस डिजाइनर राल्फ लोरेनले आफ्नो ट्वीट एकाउन्टमा विवाहको सत्यता बताउँदै नयाँ जिन्दगीको शुभकामना दिएका छन् ।

राल्फले प्रियंका र निकको फोटो शेयर गर्दै आफूलाई विशेष विवाह समारोहमा सहभागी गराएकोमा धन्यवाद व्यक्त गरेकी छन् । उनीहरु आइतबार हिन्दु संस्कार अनुसार विवाह गर्नेछन् ।

उनीहरुको विवाहमा सहभागिता जनाउन सेलिब्रेटी, परिवारसहित ८० पाहुना आएका छन् । प्रियंकाको संगीत सेरेमोनीमा मुकेश अम्बानी पत्नी नीता, छोरी इशा र सानो छोरा बुहारीका साथ पुगेका थिए ।