कसका लागि सुशिल र प्रशान्तको द्वन्द्व ?

काठमाडौं । आगामी माघ १८ गतेबाट रिलिज हुने फिल्म ‘रणवीर’को टिजर रिलिज भएको छ । सार्वजनिक टिजरमा फिल्मका दुई कलाकार सुशील सिटौला र प्रशान्त ताम्राकार बीचको द्वन्द्व देखाइएको छ । तर उनीहरुको द्वन्द्व कसका लागि भन्ने खुलाइएको छैन । त्यो थाहा पाउन दर्शकले फिल्म नै हेर्नुपर्ने हुन्छ । फिल्ममा प्रशान्त नेगेटिभ क्यारेक्टरमा देखिएका छन् । एक्सन जनरको फिल्मको टिजरमा यी दुई बीचकै टसल र बदलाको भावनालाई चित्रण गरिएको छ ।

गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेकोको फिल्ममा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्दसिंह भण्डारीको छ । फिल्ममा सुशील र प्रशान्तसँगै शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । निर्माता दिपेन्द्र रेग्मीले फिल्म हेरिरहँदा दर्शकले प्रस्तुतीकरणमा पक्कै पनि भिन्नता पाउने बताए ।