काठमाडौं । सुश्री र सम्पत्ति रोज्नु प¥यो भने अधिकांशले दुवै कुरा रोज्छन् । तर आगामी मंसिर २८ गतेबाट रिलिज हुने फिल्म ‘सुश्री सम्पत्ति’का प्रमुख दुई नायक विनोद न्यौपाने र सलोन बस्नेतको रोजाई भने फरक छ ।
सलोन आफूलाई अहिले सम्पत्ति भन्दा पनि सुश्री नै प्यारो ठान्छन् । ‘मलाई अहिले सम्पत्तिको होइन, सुश्रीको आवश्यकता छ । किनकी मसँग पहिले देखि नै प्रशस्त सम्पत्ति छ,’सलोनले भने,‘अहिलेको समयलाई ध्यानमा राख्दा सुश्री नै पहिलो प्राथमिकता हो ।’ तर विनोदको बुझाई भने सलोनको भन्दा फरक छ । ‘मलाई अहिले सुश्री भन्दा सम्पत्तिको खाँचो छ । सम्पत्ति भएपछि सुश्री आफै हुन्छन् ।’ उनले भने ।
यी दुई कलाकारसँग फिल्ममा नायिका सारा सिरपाली देखिँदैछिन् । आफैमा सुन्दर र सुश्री पनि रहेकी सारासँग अभिनय गर्न पाउँदा दुवै कलाकार मख्ख छन् । पत्रकार सुब्रतराज आचार्यको निर्देशन रहेको फिल्ममा रमेश त्वयनाको लगानी छ ।