यौन दुव्र्यवहारको आरोपमा मिका सिंह पक्राउ

मुम्बई(एजेन्सी) । भारतीय पाश्र्व गायक मीका सिंहलाई १७ वर्षीया ब्राजीलियन युवतीलाई यौन दुव्यर्वहार गरेको आरोपमा दुबई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ ।

मिकालाई १७ वर्षीया युवतीलाई मोबाइलमा अश्लिल तस्बिर पठाउने गरेको आरोप लागेको छ । उनलाई दुबईस्थित मुरक्काबातको थानामा राखिएको छ । मिका एक बलिउड परफरर्मेन्सका लागि दुबईमा थिए । पक्राउ परेपछि उनका साथीले जमानतबाट छुटाउने प्रयास पनि गरेका थिए ।

मिकाको विवादसँग पुरानो सम्बन्ध छ । यो भन्दा अघि सन् २०१५ मा नयाँदिल्लीमा भएको एक कार्यक्रममा डाक्टरमाथि हात उठाएको आरोपमा पक्राउ गरिएको थियो । त्यस्तै सन् २०१४ मा हिट एण्ड रनको मुद्धा पनि लागेको थियो । सन् २००६ मा राखी सावन्तको जबरनमा चुम्बन गरेको आरोपमा उनीमाथि मुद्धा परेको थियो ।