लोकसभा चुनावमा माधुरी पनि उम्मेद्वार

मुम्बई(एजेन्सी) । बलिउडी चर्चित अभिनेत्री माधुरी दीक्षित नेनेलाई भारतीय जनता पार्टी(बीजेपी)ले सन् २०१९ को लोकसभा चुनावमा पुणेबाट उम्मेद्वारका रुपमा मैदानमा उतार्ने भएको छ । पार्टीका अध्यक्ष अमित शाहले गत जुनमा माधुरीसँग उनकै मुम्बईस्थित निवासमा भेटेका थिए । त्यो समयमा शाह पार्टीको सम्पर्क फर समर्थन अभियानका लागि मुम्बई पुगेका थिए ।

शाहले माधुरीसँगको भेटमा नरेन्द्र मोदी सरकारले गरेको उपलब्धिका विषयमा जानकारी दिएका थिए । त्यही समयमा उनलाई शाहले पुणे लोकसभाबाट उम्मेद्वारको रुपमा उठाउने विचार गरेको बताएका थिए ।

५१ वर्षीया माधुरीले ‘तेजाब’, ‘हम आपके है कौन’, ‘दिल तो पागल है’, ‘साजन’ र ‘देवदास’ सहित अनेक बलिउड फल्ममा काम गरिसकेकी छन् । माधुरी हालका दिनमा फिल्मबाट टाढिएकी छन् ।