चन्दालाई आफ्नै तस्बिर उपहार

काठमाडौं । सिगापुरमा सम्पन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस इन्टरनेशनल २०१८’ मा ‘मिसेस एसिया प्यासफिक इन्टरनेशनल २०१८’ को उपाधि चुमेकी चन्दा थापा गिरीलाई आफ्नै तस्बिर उपहार दिएर सम्मान गरिएको छ । चन्दाको स्वागतका लागि राजधानीमा शनिवार आयोजना गरिएको एक कार्यक्रममा रिवन इन्टरटेनमेन्टले चन्दालाई सम्मान गरेको छ ।

रिबनको आयोजनामा केही समय अघि राजधानीमा सम्पन्न ‘मिसेस नेपाल इन्टरनेशनल २०१८’ की विजेता चन्दाले सिंगापुरको आर्केड कन्ट्री क्लबमा भएको ‘मिसेस इन्टरनेशनल २०१८’मा गिरीले ‘पे्रmण्डली इन्टरनेशनल’ उप–उपाधि पनि जितेकी थिईन्् । चन्दालाई रिबन इन्टरटेनमेन्टका निशु झाले चन्दाकै तस्बिर सम्मानस्वरुप प्रदान गरेका थिए ।

कार्यक्रममा चन्दाले फेसबुक चलाईरहेको बेला आफुले ‘मिसेस नेपाल इन्टरनेशनल २०१८’ को बारेमा थाहा पाएको र परिवारको स्विकृति लिएर प्रतिस्पर्धामा भाग लिएको बताईन् । ‘नेपालमा ३६ जनाबाट छानिएर सिंगापुरमा आफ्नो प्रतिभा देखाउने अवसर पाएँ । त्यहाँ निकै बलिया महिलाहरू हुनुहुन्थ्यो,’श्रीमान र परिवारलाई सम्झँदै उनले भनिन्, ‘त्यहाँ गएर नेपाललाई चिनाउन पाउदा निकै गौरवान्तित छु ।’

कार्यक्रममा नायक तथा ‘मिसेस नेपाल’का निर्णायकमध्येका एक आर्यन सिग्देलले आफुहरूले नाचघरमा आयोजित प्रतियोगितामामा चन्दालाई ‘मिसेस नेपाल’ बनाएर सहि निणर्य गरेको बताए । सांस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापाले नेपालको नाम उच्च राखेको भन्दै चन्दालाई बधाई दिए । चन्दाका पति उपेन्द्र गिरीले चन्दामा धेरै प्रतिभा छ भन्ने कुरा थाहा भएको तर आफुहरुको मात्र नभएर देशकै नाम राख्न सक्ने प्रतिभाको बारेमा चाहि थाहा नभएको भन्दै बधाई दिए ।

प्रतियोगितामा नेपालका तर्पmबाट रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा राजधानीमा सम्पन्न मिसेस नेपाल इन्टरनेशनल २०१८ र २०१७ तथा ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टको आयोजनामा भएको मिसेस नेपाल ग्ल्याम २०१८ प्रतियोगिताका विजयीहरु मिसेस नेपाल इन्टरनेशनल २०१८ चन्दा थापा गिरी, मिसेस नेपाल इन्टरनेशल २०१७ सुरुची पाण्डे र मिसेस नेपाल ग्ल्याम २०१८ एलिजा महर्जन सहभागी थिए। नेपालबाट प्रतिनिधित्व गर्ने सबैलाई सफलता मिलेको थियो।

मिसेस नेपाल इन्टरनेशल २०१७ सुरुची पाण्डेले इन्टरनेशनल वेष्ट ट्यालेन्ट, एलिगेन्स व्युटी र व्युटी एमबेसडर उपउउपाधि जितेकी छिन् भने मिसेस नेपाल ग्ल्याम २०१८ एलिजा महर्जनले कन्टेन्सटेन्ट अफ द इयर, इन्टिलेक्चुअल व्युटी र वेष्ट सेल्फ इन्टरडक्सन उपउपाधि चुमेकी थिइन्। यी प्रतियोगिहरुले अक्टोबर २८ देखि नोभेम्बर २ सम्म जारी मिसेस इन्टरनेशनल २०१८ मा नेपालको प्रतिनिधित्व गर्दै स्पर्धा गरेका थिए। प्रतियोगितामा नेपालसहित अमेरिका, युरोपलगायत विश्वका २५ राष्ट्रका बिबाहित सुन्दरीहरुले स्पर्धा गरेका थिए। प्रतियोगिताका विभिन्न चरण सिंगापुर, मलेशिया र इन्डोनेसियामा भएको थियो।