सफलताको शिखर लिएर आए गौरवनारायण

काठमाडौं । गायक गौरवनारायण राईले पहिलो गीति संग्रह ‘सफलताको शिखर’ बजारमा ल्याएका छन् । उनको एल्बममा ८ गीत छन् । उनले आफ्नो पहिलो गीति एल्बम पत्रकारहरुबाटै विमोचन गराए । उनको सो एल्बमको नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइली, गायक तथा संगीतकार भिषण मुकारुङ, विनोद खम्बु, गायक गौरवनारायण राई, पत्रकार गोपीकृष्ण चापागाइँलगायतले संयुक्त रुपमा विमोचन गरे ।

धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ७ का राईले ४ वटा गीतमा आफैंले संगीत दिएका छन् भने विनोद खम्बु र कृष्णभक्त राईले संगीत भरेका छन् । ७ वटा गीतमा उनको एकल स्वर छ । एउटा ‘आधी बाटो’ बोलको गीत भने कविता बराइलीसँग मिलेर गाएका छन् ।

८ वटा गीतमध्ये ‘सफलताको शिखर’ र नौ डाडापारी’ बोलको गीतको लिरिकल भिडियो पनि बनाएका छन् । एल्बममा समावेश ‘ठाक्कठुक्क, मेरो जीवनमा आई’ को म्युजिक भिडियो तयार पारेका छन् । उनको म्युजिक भिडयो ‘सफलताको शिखर’ को लिरिकल भिडियो डस म्युजिक नेपालमार्फत सार्वजनिक भएको छ ।