प्रहरी अनुसन्धानमा तानिइन् गोपी बहू

मुम्बई(एजेन्सी) । भारतीय टेलिभिजन शो ‘साथ निभाना साथिया’की ‘गोपी बहू’ अर्थात देवोलीना भट्टाचार्यलाई मुम्बई प्रहरीले हिरा व्यापारी राजेश्वर किशोरीलालको हत्याको विषयमा अनुसन्धान गर्न प्रहरी थानामा बोलाएको छ । देवोलीनाको नम्ब राजेश्वरको कल डिटेल्समा भेटिएपछि अनुसन्धानका लागि उनलाई प्रहरीले बोलाएको हो । उनलाई घाटकोपरको पन्त नगर पुलिस स्टेसनमा राखेर सोधपुछ भइरहेको छ ।

लामो समयदेखि वेपत्ता बनिरहेका राजेश्वरको शव केही समय अघि मात्र पनवेलको जंगल क्षेत्रमा फेला परेको थियो । समाचार अनुसार राजेश्वर २७ नोभेम्बरमा घरबाट निस्किएपछि उनी फर्किएका थिएनन् । उनी घाटकोपर पश्चिमको कामा लेनस्थित महालक्ष्मी अपार्टमेन्टमा बस्दै आएका थिए । उनी हराएपछि उनको परिवारले पन्त नगर पुलिस थानमा निवेदन दिएका थिए ।

निवेदन प्राप्त पछिको खोजतलासमा उनको शव फेला परेको हो । देवोलिनाले टेलिसिरियलबाटै आफ्नो पहिचान बनाइसकेकी छन् । हालका दिनमा उनी केही समयदेखि ब्रेक लिएकी छन् ।