क्यालेन्डर युएसएमा १२ सुन्दरी

काठमाडौं । अमेरिकामा रहेर नेपाली इभेन्टस तथा कार्यक्रमहरु गर्दै आएको आरएनआर ग्रुपले अमेरिकामा नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ । सन् २०१९ को क्यालेन्डरमा नेपाली सुन्दरीको ग्लामर फोटो प्रकाशित छ ।

अमेरिकामा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको क्यालेन्डरमा नेपाल र अमेरिकाको नेपाली सुन्दरीको तस्वीर छ । नेपालमा मोडलिङ गरिरहेका र अमेरिकामा रहेर मोडलिङ गरिरहेकाको फोटोशुट गरेर क्यालेन्डरमा तस्वीर सार्वजनिक गरिएको हो । ‘क्यालेन्डर युएसए–२०१९’ नाम राखिएको यस क्यालेन्डरको सुन्दरीहरुको तस्वीर नेपालमा चर्चित फोटोग्राफर महेश प्रधान र युएसएमा व्यस्त तथा चर्चित फोटोग्राफर विक्रान्त मान श्रेष्ठले खिचेका हुन् ।

इभेन्ट, फेशन शो तथा फिल्म प्रदर्शन समेत गर्दै आएको आरएनआर ग्रुपले यसअघि पनि क्यालेन्डर प्रकाशित गरिसकेको ग्रुपका सदस्य रोशन पुरीले बताए ।  नेशनल ब्याडमिन्टन खेलाडी समेत रहेका रोशन टेलिभिजन शो तथा इभेन्टसँग जोडिएको पुरानो नाम हो । पछिल्लो समय अमेरिकामा हुने गरेको विभिन्न इभेन्टमा जोडिने गरेका रोशनले क्यालेन्डरले आफ्नो पन झल्काउने बताए ।

क्यालेन्डरमा सन् २०११ कि मिस नेपाल युएस सुजिता बस्नेत, मिस वर्ल्ड अमेरिकाको टप १० मा पर्न सफल उकुषा गिरी, मोडल रोजी खुराना, मोडल सुनिक्षा मैनाली, मोडल स्वस्तिका प्रधान, मोदन न्यान्सी थापा, मोडल सिमरन चुडाल, मिस ग्लोबल क्विन २०१५ जस्मिन गुरुङ, मोडल दिपमाला ढकाल, मोडल श्रीया लोहनी, मोडल निकी आचार्य, मोडल सम्पदा बानिया र नायिका सारा सिरपाली फिचर्ड छन् ।