ट्रेलरमा यस्तो उमेशको जे सुकै होस

काठमाडौं । आगामी पुष २० गते रिलिज हुने फिल्म ‘जे सुकै होस’को ट्रेलर सार्वजनिक भएको छ । लागु औषध दुव्र्यसनमा फसेका युवाको कथामा बनेको फिल्मको ट्रेलरमा दुई अर्थी संवादको प्रयोग उल्लेख्य छ ।

म्युजिक भिडियो निर्देशक उमेश गुरुङको यो डेब्यू फिल्म हो । नवराजजंग थापाले निर्माण गरेको फिल्ममा निर्देशक गुरुङसँगै चन्दा दाहाल, किस्मत तामाङ, रोशाना श्रेष्ठ, सोनी गुरुङ, मेलिना ठकुरी, इश्वर फुयाँल, सुनिल कटवाल, कृष्ण भट्टराई, उद्धव तिमिल्सिनाको अभिनय छ ।

फिल्ममा संगीत सुरेश अधिकारी, लक्ष्मण शेष, नवराज जंग थापा र डिआर आतुको संगीत छ । फिल्ममा बनिष शाह र सालिक दुलालको सम्पादन छ ।