फूटबल खेल्न अनमोलको यस्तो तयारी

काठमाडौं । आगामी फागुण १७ गतेबाट प्रदर्शनमा आउन लागेको नायक अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’को फष्टलुक सार्वजनिक भएको छ । अनमोललाई फुटबल खेलाडीका रुपमा प्रस्तुत गरिएको फिल्मको दुई फष्टलुकमध्ये एक फष्टलुकमा उनको हातमा फूटबल देख्न सकिन्छ ।

अर्को फष्टलुकमा प्रमुख दुई कलाकार सुनिल थापा र प्रशान्त ताम्राकार पनि छन् । फिल्मको पहिलो गीत बिहीबार सार्वजनिक गर्ने तयारी भइरहँदा फिल्म युनिटले सोमबार दुई फष्टलुक सार्वजनिक गरेको हो ।

दिवाकर भट्टराईको निर्देशन रहेको फिल्ममा अनमोलसँगै उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ । भुवन केसीले निर्माण गरेको फिल्मले एउटा गाउँले युवकको फुटबल संघर्षलाई देखाउनेछ ।