अनमोलसँग उपासनाको यस्तो रहर

काठमाडौं । आगामी फागुन १७ गतेबाट रिलिज हुने फिल्म ‘क्याप्टेन’को रोमान्टिक गीत ‘रहर छ सँगै’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नायक अनमोल केसीी र नवनायिका उपासना सिंह ठकुरी फिचर्ड छन् ।

गीतमा अर्जुन पोखरेलको संगीत, दिग्गज धौरालीको शब्द र अञ्जु पन्त र सुगम पोखरेलको स्वर छ । मुस्ताङको रमणीय लोकेशनमा छायांकन गरिएको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । गीतमा उपासनाले अनमोलसँग प्रेमभाव व्यक्त गरेकी छन् ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेललगायतका कलाकारहरूको पनि अभिनय छ । भुवन केसी निर्मित फिल्मले फूटबल खेल्ने युवाको संघर्षलाई देखाएको छ । फिल्ममा सामिप्यराज तिमल्सिनाको कथा, चन्द्र पन्तको द्वन्द्व, दीर्घ खड्को सम्पादन र सुदिप बरालको छायांकन छ ।