एकसाथ आशाका दुई एल्बम

काठमाडौं । गीतकार तथा गायिका आशा सुहाङ लिम्बूले एकसाथ ‘अदित्य’ र लिम्बू भाषाको ‘सुम्निया’ एल्बम सार्वजनिक गरेकी छन्् । नेपाल वाङ््मय परिषद््ले राजधानीमा आयोजना गरेको कार्यक्रममा नेपाल संगीत नाट््य प्रज्ञा प्रतिष्ठानका निर्वतमान सदस्य–सचिव तथा गायक गणेश रसिक र गायक राजेशपायल राईलगायतले एल्बम सार्वजनिक गरे ।

गायक रसिकले गीतकार तथा गायिका आशाको संगीत प्रतिको लगावको प्रशंसा गरे । ‘विदेशमा बसेर पनि नेपाली गीत संगीतलाई निन्तरता दिनु हामी सबै संगीतकर्मीका लागि खुशीको कुरा हो,’ उनले भने । गीतकार आशा केही वर्षयता अमेरिकाको हवाइ राज्यमा बस्दै आएकी छन्् ।

कार्यक्रममा एल्बममा समावेश दुई गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो । एबी किरात नेपालले बजारमा ल्याएको एल्बम ‘अदित्य’मा ‘नलेखेको’, ‘तिमीले छोडी’, ‘जुन हे¥यो’, ‘टुट््ने छैन’ र ‘जुनेली रातमा’ लगायतका गीत छन्् । जसमा राजेशपायल राई, दीपक लिम्बु, ताराप्रकाश लिम्बु, मेलिना राई, ब्रविम शेर्मा, पुर्णिमा लामा र आशाकै स्वर रहेको छ ।

लिम्बु भाषाको एल्बम ‘सुम्निया’मा पनि ६ वटा गीत छन्् । गीतकार तथा गायिका आशाले नेपालीहरू जहाँसुकै पुगेपनि आफ्नो भाषा संस्कृतिलाई माया गर्ने भएकाले आफू पनि सोही बाटोमा आएको बताइन्् ।