चैतमा आउँदै राजुको जिस्म २

काठमाडौं । राजु गिरि प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘जिस्म–२’को चैतमा रिलिज हुने लक्ष्यसहित छायांकन सकिएको छ । सुचिन्द्र निर्देशित फिल्मले ४८ दिनको समय तालिकामा छायांकन सकेको हो ।

फिल्ममा रमेश विश्वकर्मा, नमिता खड््का, रेजिना भण्डारी, सुरवीर पण्डित, शारदा गिरी, मदन सिटौला, सुधन धिताल, रिचर्ड रसाईली, प्रज्जवल भित्रीकोटी, सुचीन्द्र परियार, रोशन थापाको अभिनय छ ।

सुचिन्द्र परियारले निर्देशन गरेको फिल्ममा संगीत योगेश काजी र लक्ष्मण पौड़ेलको रहेको छ भने द्वन्द अशोक खड््काको रहेको छ । राजेन्द्र बिकको निर्माणमा फिल्म बनेको हो ।