चैतमा दर्शकलाई शिल्पाको कागजपत्र

काठमाडौं । आगामी चैत्र ८ गतेलाई प्रदर्शन मिती तोक्दै फिल्म ‘कागजपत्र’को अफिसियल फष्टलुक सार्वजनिक भएको छ । फिल्मको सार्वजनिक ४ फष्टलुकमा मुख्य कलाकार नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखक फिचर्ड छन् ।

इपी एजुकेशन अष्ट्रेलिया प्रस्तुतकर्ता रहेको फिल्ममा वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त व्यानर छ । फिल्ममा अपिल बिष्टको लेखन तथा निर्देशन रहेको छ । निर्देशक विष्टले फिल्म सामाजिक तथा कमेडी कथामा निर्माण गरिएको बताए ।

खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापति शिवाकोटी निर्माता रहेको फिल्ममा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह–निर्माता छन् । फिल्ममा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत, क्यासीमिर डिक्सनको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।