आज आजमा रोमान्टिक भोला र मनु

काठमाडौ । गायक डिबी श्रेष्ठको स्वरमा रहेको ‘आज आज’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । श्रेष्ठको शब्द र संगीत रहेको गीतमा विनिता राईको ‘डेब्यु’ गायन छ । भिडियोमा पत्रकार भोला अधिकारी र मोडल मनु थापाले फिचरिङ गरेका छन् ।

दुई मायालुको रोमान्सलाई गीतको म्युजिक भिडियोमा देखाइएको छ । केबी भण्डारीको एरेन्ज गरेको गीतलाई गोविन्द सोनीले मिक्सिङ गरेका हुन् । भोलाले नै निर्देशन गरेको भिडियोमा जनकराज अधिकारीको छायांकन, राज कार्कीको सम्पादन, अनिल मगरको नृत्य छ ।