मनका कुरा गर्दै आरोपका सञ्चिता–किशोर

काठमाडौं । दिलासा क्रियसनको ब्यानरमा अमर ओलीको निर्देशनमा बनेको नेपाली फिल्म ‘आरोप’को ‘ए मन’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नित्या शिवा र प्रह्लाद तिमिल्सिनाको स्वर छ ।

फिल्मको कथा लेखन लक्ष्मण सुवेदीले गरेका छन् । बिजय पाठक र दिनेश राउतको निर्माण, वीरेन्द्र भट्टको छायांकन, कमल राईको नृत्य, सानुकुमार महर्जनको द्वन्द्व, एसके अधिकारीको गीत र एसके अधिकारी र गणेश चौधरीको संगीत, नित्या शिवा, राजेशपायल राई, प्रह्लाद तिमिल्सिना, मनिषा पोख्रेलको स्वर र साहिल खानको सम्पादन छ ।

फिल्ममा किशोर खतिवडा, सन्चिता लुइँटेल, रिचा थापा, उद्धव गिरी, प्रेम खड्काको अभिनय रहेको छ । फिल्म माघ ११ गतेबाट अल नेपाल रिलिज हुनेछ । युवायुवतीहरुबीचको त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्ममा ,युवा अवस्थाको विभिन्न अवस्थालाई समेटिएको निर्माण पक्षले जनाएको छ ।