रणवीरका तीन कलाकारको तिरीमिरी

काठमाडौं । माघ १८ मा रिलिज हुने फिल्म ‘रणवीर’को पहिलो गीत ‘तिरिमिरी तिरिमिरी तिन तारा’ सार्वजनिक भएको छ । गीतमा राजनराज शिवाकोटी र अन्जु पन्तको स्वर तथा राजनराजकै शब्द र संगीत छ । नक्सालको बालमन्दिरमा भव्य सेट लगाएर छायांकन गरिएको गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ ।

गीतमा फिल्मका तिन मुख्य कलाकार सुशील सिटौला र ‘डेब्यु’ गर्ल शुभेच्छा खड्का र सुपुष्पा भट्ट नेपाली पहिरनमा देखिएका छन् । निर्माण पक्षका अनुसार यस गीतको छायांकन झन्डै ४ दिनमा गरिएको थियो । गीतमा एक सय ५० बढी कोरस प्रयोग गरिएको थियो । प्रेमकथाको फिल्ममा सुशील, सुभेच्छा र सुपुस्पासँगै प्रशान्त ताम्राकार, रवि गिरी, हरिहर शर्मा, नरेश पौडेललगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्दसिंह भण्डारीको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।