किशोरलाई पाइला पाइलामा कस्तो आरोप ?

काठमाडौं । दिलाशा क्रियशनको ब्यानरमा राजु राउत र दयाराम गहतराजको प्रस्तुति रहेको फिल्म ‘आरोप’को ट्रेलर सार्वजनिक भएको छ । दिनेश पाठक र विजय सापकोटा निर्माता रहेको फिल्ममा अमर ओलीको निर्देशन छ ।

आगामी माघ ११ गतेबाट रिलिज हुने फिल्ममा सञ्चिता लुइँटेल, किशोर खतिवडा,उद्वव गिरी, रिचा थापा, सुशील पोख्रेल, प्रेम खड्का, रश्मी भट्टको अभिनय छ ।

फिल्ममा एसके अधिकारीको गीत, गणेश चौधरी र एसके अधिकारीको संगीत, कमल राईको नृत्य, वीरेन्द्र भट्टको छायांकन, सानुकुमार महर्जनको द्वन्द्व र साहिल खान तथा मिलन श्रेष्ठको सम्पादन छ ।