पश्चिमेली कौडा गीतमा सुनिइन् मेलिना

काठमाडौं । गायिका मेलिना राई पहिलोपटक लोक दोहोरी बेसमा कौडा गीत गाएकी छन् । पूर्वेली भाकाका गीत तथा डान्सिङ नम्बरका गीत गाएर चर्चामा आएकी मेलिनाले ‘गोरखा डाँडा शितलु’मा अविनाश थापा, रजनी मगर र सर्जक तथा गायक कौडा किङ गणेश गुरुङसँग गायनमा सहकार्य गरेका हुन् । गायक गणेशले यस गीतमा लय पनि भरेका छन् भने अविनाश थापाको शब्द लेखेका छन् ।

उक्त कौडा गीत गुरुङ जाति र मगर जातिबीचको मायाप्रेममा केन्द्रित रहेको छ । आस्लामी मगर समुदायमा हुर्किएका गायक अविनाश थापाले यो कौडा गीत निकै मिठो बनेको छ । अविनाश गोरखा कालीका मन्दिरका पूजारी खलक पनि हुन् । गायक अविनाशले पहिला आफ्ना बाजे, बुबाहरु गोरखा कालीका मन्दिरका पूजारी रहेको कुरा बातए ।

उनै पूजारी खलकका गायक अविनाशको कौरा गीत ‘गोरखा डाँडा शितलु’ गीतको म्यूजिक भिडियोलाई दीप गुरुङले निर्देशन गरेका छन् । राजेश घिमिरेको छायाँकन रहेको यस गीतको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् । भिडियोमा सन्तोष थापा मगर, मनोज थापा मगर, लिला थापा मगर, लक्ष्मी गुरुङ, पार्वती गुरुङ, सुमित्रा गुरुङ, बबिता गुरुङको अभिनय तथा नृत्य रहेको छ । गीतलाई गायक अविनाश थापाको आफ्नै अफिसीएल युट्युव च्यानलमार्फत हेन सकिन्छ ।