न यता न उतामा समिर–मिराजको भविष्य कता ?

काठमाडौं । विवाह गर्न चाह्ने दुई अधवैशेको कथामा निर्मित फिल्म ‘न यता न उता’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा लण्डनबाट विवाह गर्न आएका दुई अधवैशेले गरेको संघर्षलाई देखाइएको छ ।

मिराज रोश र विशारद बस्नेतको संयुक्त निर्देशन रहेको फिल्ममा राजाराम पौडेल, ऋचा शर्मा, समिर दिक्षित, छुल्ठिम गुरुङ, मिराज रोश, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, नम्रता सापकोटालगायतको अभिनय छ । फिल्म माघ २५ गतेबाट रिलिज हुँदैछ ।

फिल्मले आफ्नो प्रचारप्रसारका रुपमा भाइबरमार्फत फिल्मको स्टिकर प्याक प्रस्तुत गरेको छ । निर्देशक मिराजका अनुसार फिल्मको स्टिकर अब भाइबरको स्टिकर बजारमा सजिलै पाइनेछ । फिल्ममा ओम गुरुङ र रिना लामा कार्यकारी निर्माता छन् ।