तोरीबारीमा अनुभव–एञ्जिलाको बाल्य प्रेम

काठमाडौं । फिल्म ‘नाइँ नभन्नू ल’बाट उदाएका बाल कलाकार अनुभव रेग्मी फिल्मसँगै म्युजिक भिडियोमा पनि सक्रिय हुन थालेका छन् । गायक सुनिल छिदलको स्वरमा रहेको गीत ‘बाल्य प्रेम’को भिडियोमा अनुभव र एञ्जिला बानियाको रोमान्सलाई दर्शकले हेर्न पाउनेछन् ।

गीतमा सुनिलकै शब्द तथा संगीत छ । गायनमा उनलाई लुरीले साथ दिएकी छन् । भिडियोमा गायक सुनिल पनि देखिएका छन् । उनको बाल्यकालको भूमिका अनुभवले निर्वाह गरेका छन् । दर्जनौं गीतमा निर्देशन गरिसकेका रोजल थापा यो गीतको भिडियोका निर्देशक हुन् ।

मेघराज मगरातीले भिडियोमा ड्रोन उडाएका छन् । अनिल रानाको सम्पादन रहेको भिडियोका छायाँकार विरेन्द्र भट्ट हुन् ।