भिलेन ट्रेलरमा आक्रामक निखिल

काठमाडौं । निखिल उप्रेती, शिल्पा पोखरेल स्टारर फिल्म ’भिलेन’को ट्रेलर रिलिज भएको छ । पहिलो पटक स्क्रिन शेयर गरेको यो जोडी मधेसी अवतारमा देखिँदैछन् ।

देवेन्द्र पाण्डे निर्देशित फिल्ममा निखिल र शिल्पाका आलावा निशा अधिकारी, कपिल खत्री पनि मुख्य भूमिकामा छन् । पुष २७ गते रिलिज हुने फिल्मलाई द ग्लोबल पिक्चर्स प्रालिको ब्यानरमा बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन् । फिल्मको ट्रेलरमा निखिललाई भिलेन चरित्रमा प्रस्तुत गरिए पनि फिल्मका अर्का कलाकार ध्रुव कोइरालाको भिलेन लुक्स पनि कम चर्चायोग्य छैन ।

कपिल खत्रीको प्रस्तुति रहेको फिल्ममा मौनता श्रेष्ठको लेखन, सौरभ लामारमदन कश्यप घिमिरेको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, बसन्त सापकोटा र बाबुल गिरी र लालकुमार बरालको संगीत, शुक्रराज शाहको एक्सन र दीपेन्द्र तिमिल्सिना र दीपक श्रेष्ठको कोरियोग्राफी छ ।