अमेरिकी जोसेसँग रोमान्टिक आना

काठमाडौं । चैत १ गते रिलिज मिति तोकेको फिल्म ‘ए म्यान फ्रम काठमाडौं’को रोमान्टिक गीत ‘आकाशै घुमेर’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नेपाली नायिका आना शर्मासँग अमेरिकी कलाकार जोसे मेनुअलको अभिनय छ ।

गीतमा निकिता श्रेष्ठ र जेसन कुँवरको स्वर र जेसनकै शब्द तथा संगीत छ । विजय मानन्धर र पेमा डी गाक्यिलको कोरियोग्राफी रहेको गीतमा दीर्घराज खड्काको सम्पादन छ ।

नकिम उद्दिन निर्माता रहेको फिल्ममा नीर शाह, कर्मा, गुलसन ग्रोबर, शिशिर वाङ्देल, हमिद शेख, विकास गुरुङ, कविता मानन्धरलगायतको अभिनय छ । फिल्मका निर्देशक पेमा डी गोक्यिल हुन् ।