अन्जुसँग राजको अमृत कुरा

काठमाडौं । गायक तथा गजलकार राज सिग्देलको नयाँ गीत ‘अमृत’को म्युजिक भिडियो सार्वजनिक भएको छ । हरि बस्ताकोटीको शब्द र हरि लम्सालको संगीत रहेको भिडियोमा राज आफैले अभिनय गरेका छन् । उनलाई अभिनयमा अन्जु चौलागाईले साथ दिएकी छन् ।

भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी, विकास दाहालको सम्पादन र लोमस पौडेलको सह–निर्देशन रहेको छ । युवराज वाइबाको निर्देशन रहेको भिडियोमा मायामा धोका भएपछिको अवस्थालाई देखाउन खोजिएको छ ।