इनसाइड एज २ मा अदिति बुढाथोकी

काठमाडौं । नेपाली फिल्म ‘कृ’मा नायक अनमोल केसीसँग रोमान्स गरेकी नायिका तथा मोडल अदिति बुढाथोकीले भारतीय वेब सीरीज ‘इनसाइड एज २’मा अभिनय गर्ने भएकी छन् । सिरिजको निर्माण फरहान अख्तर र रितेश सिधवानीले आफ्नो व्यानर एक्सेल मिडिया एन्ड इन्टरटेनमेन्टबाट गर्नेछन् ।

अदितिले सिरिजमा आफू राम्रो भूमिकामा देखिने बताएकी छन् । ‘म यी भन्छु कि सिरिजमा म महत्वपूर्ण भूमिकामा छु । म दर्शकबाट पाउने प्रतिक्रियाका लागि निकै उत्साहित छु । मलाई फरहान सरसँगको काम प्रति ठूलो लगाव छ । उनको प्रोडक्सनमा काम गर्ने मेरो चाहना प्रमुख प्राथमिकतामा थियो’, उनले भनेकी छन् ।

यो वेब सिरिज अभिनेता विवेक ओबेरायको क्रिकेट थिमवाला ‘इनसाइज एज’को दोस्रो श्रृंखला हो । यसको कथा क्रिकेट र यसको अध्यारो पक्षको वरीपरी घुम्नेछ । जसमा व्यवसायको विश्व, ग्ल्यामर, मनोरञ्जनको विश्व र यसमा हुने राजनीतिलाई देखाइनेछ । केही महिना अघि अदिति मिलिन्द गाबाको पन्जाबी गीत ‘मैं तेरी हो गई’को म्युजिक भिडियोमा पनि देखिएकी थिइन् ।