राजनीतिमा आउँदै एन्जेलिना जोली

लसएन्जल्स(एजेन्सी) । हलिउड नायिका एन्जेलिना जोलीले आफू निकट भविष्यमा राजनीतिमा जोडिने जनाउ दिएकी छन् । उनले आफू २० वर्ष अघि नै राजनीतिमा आउनुपर्ने भए पनि अब चाहिँ त्यो बाटो खुला रहेको बताएकी हुन् । जोली संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगकी विशेष दुत पनि हुन् ।

उनले नियोगमार्फत शरणार्थी, यौनिक हिंसा र अन्य हिंसाविरुद्ध काम गर्दै आएकी छन् । बीबीसी रेडियोका का जस्टिन वेभसँगको कुराकानीमा उनले अमेरिकी राजनीति, सामाजिक सञ्जाल, यौनिक हिंसा र विश्व्यापी शरणार्थी संकटका विषयमा कुराकानी गर्दा राजनीतिमा आउने जनाउ दिएकी हुन् ।

‘यदि तपाईले २० वर्ष अघि मलाई यही कुरा सोधेको भए(हाँस्दै) म जहिल्यै भन्छु कि मेरो आवश्यकता जहाँ छ । म त्यही जान्छु । मलाई थाहा छैन म राजनीतिमा फिट हुन्छु या हुन्नँ,’ उनले भनेकी छन्, ‘म सरकार र सैनिकसँग काम गर्न सक्षम छु । म धेरै कुरा पाउनका लागि उपयुक्र्त स्थानमा बस्न चाहन्छु ।’