मुर्चुङ्गाबाट व्यस्त कला

काठमाडौं । फिल्म ‘मुर्चुङ्गा’बाट नेपाली फिल्ममा डेब्यू गरेकी नायिका यो फिल्म प्रदर्शन नभई अर्को फिल्म ‘आरुषी’मा व्यस्त भएकी छन् । छायांकनको अन्तिम चरणमा रहेको ‘आरुषी’ पछि उनी अर्को फिल्ममा अनुबन्धित भइसकेकी छिन् । सोलुखुम्बुमा जन्मिएकी कला ‘आरुषी’मा शीर्ष भूमिकामा छिन् । फिल्ममा उनले इशक राईसँग स्क्रिन शेयर गरेकी छन् ।

फिल्मका निर्मातामध्ये एक सहारा प्रधान कलाको कामले फिल्मको उचाई बढाउने दाबी गर्छिन् । निर्देशक उदय सुब्बा पनि कलामा अभिनय क्षमता धेरै रहेको बताउँछन् । नायिका आरुषीले फिल्मले आफूलाई नेपाली रजतपटमा स्थापित गराउने दाबी गरिन् ।

उदय सुब्बा निर्देशित ‘आरुषीलाई वीरु गुरुङ, सहारा प्रधान र केशवकुमार श्रेष्ठले संयुक्त रुपमा निर्माण गर्दैछन् । मौनता श्रेष्ठको पटकथा तथा संवाद रहेको फिल्ममा विक्रम डिसीको छायांकन, वीरु गुरुङको कथा, तारा थापा किम्भेको सम्पादन, राजु किरातीको द्वन्द्व तथा विकास चौधरी र तारा प्रकाश लिम्बुको संगीत रहेको छ । नयाँ वर्षमा रिलिज हुने फिल्ममा कमल राई र दिनेश पाख्रिनको कोरियोग्राफी छ ।