ससुराल सिमरकाकी दीपिका नयाँ बिग बोस

मुम्बई(एजेन्सी) । टेलिभिजन अभिनेत्री दीपिका कक्कड १२ औं संस्करणको ‘बिग बोस’को विजेता भएकी छन् । यो शो को आइतबार राती फाइनल भएको थियो । उनले निकै कडा प्रतिष्पर्धामा भारतीय क्रिकेट टिमका पूर्व सदस्य एस श्रीसन्तलाई पराजित गरेकी हुन् । उनले उपाधिसँगै ३० लाख रुपैंयाँ र ट्रफी जितेकी छन् ।

कार्यक्रमका सञ्चालक सलमान खानले दीपिकालाई विजेताका रुपमा घोषणा गरेका थिए । प्रतिष्पर्धामा दीपक ठाकुर तेस्रो हुँदै २० लाख रकम लिएर शोबाट बाहिरिए । कलर्स टेलिभिजनमा आउने लोकप्रिय सिरियल ‘ससुराल सिमरका’बाट चर्चामा आएकी दीपिकाले ‘बिग बोस’ हट सिटमा टेलिभिजनकी बुहारीको दाबेदारी ठुलो भारी पर्ने देखाएकी छन् । दीपिका अघि शिल्पा शिन्दे, उर्वशी ढोलकिया, जूही परमार र श्वेता तिवारी विजेता बनिसकेका छन् ।

‘बिग बोस’मा विवादसँगै दर्शकलाई आश्चर्य लाग्ने किसिमका मसलाको प्रयोगले पनि यो शोको लोकप्रियता बढ्दो छ । दीपिकाको लागि यो शोमा प्रवलेश कुनै आश्चर्यको विषय थिएन । यो शोको प्रिमियरको राती दीपिकाका श्रीमान तथा टेलिभिजन कलाकार शोएब इब्राहिमले दीपिकालाई बोकेर बीग बोसको घरसम्म पु¥याएका थिए ।

दीपिका ‘ससुराल सिमरका’ को सह कलाकार शोएब इब्राहिमसँग २०१५ देखि प्रेम सम्बन्धमा थिए । उनले २०१८ को फेब्रुअरी २२ मा इस्लाम धर्म अपाउँदै विवाह गरेकी थिइन् । उनले सन् २००९ मा रौनक सैमसनसँग् पहिलो विवाह गरेकी थिइन् । तर त्यो विवाह लामो समयसम्म टिकन ।

‘ससुराल सिमरका’ भन्दा अघि दीपिकिाले ‘नीर भरे तेरे नैना’ र ‘अगले जनम मोहे बिटिया ही कीजो’मा पनि काम गरेकी थिइन् । दीपिकाका पिता सेनामा थिए । जे पी दत्ताको फिल्म ‘पलटन’ बाट बलिउडमा पिताले डेब्यु गरेका थिए ।