हाउसफूल ४ मा भल्लालदेव

मुम्बई(एजेन्सी) । अभिनेता राणा दग्गुबाती अर्थात फिल्म ‘बाहुबली’ का भल्लालदेवले फिल्म ‘हाउसफूल ४’मा खतरनाक भूमिका निभाउने भएका छन् । फिल्मका पटकथा लेखक र निर्देशक फरहाद समजीले राणालाई अभिनेता नाना पाटेकरको स्थानमा लिइएको बताएका छन् । अभिनेत्री तनुश्री दत्ताले आफूलाई यौन उत्पीडन गरेको आरोप लगाएपछि नाना पाटेकर यो फिल्मबाट बाहिरिएका थिए । राणाले मुम्बईमा गत नोभेम्बरबाट सुटिङ शुरु गरेका थिए ।

फिल्ममा अभिनेता अक्षय कुमार, रितेश देशमुख र बबी देओल पनि प्रमुख भूमिकामा छन् । फिल्ममा साजिद खान निर्देशक भए पनि उनलाई पनि यौन उत्पीडनको आरोप लागेपछि फिल्ममा समजीले निर्देशनको जिम्मेवारी लिएका हुन् । अघिल्ला संस्करणका फिल्ममा उनी र साजिदले निर्देशनको काम गरेका थिए । फिल्म आगामी दिवालीमा रिलिज हुनेछ ।