पोखराको बेलुनमा उड्यो विपिनको गोपी

काठमाडौं । आगामी माघ १८ गते रिलिज हुने फिल्म ‘गोपी’को प्रवद्र्धनका लागि फिल्म निर्माण युनिटले पोखरामा अनौठो किसिमको काम गरेका छन् । केही समय अगाडि मात्र नेपाल भित्रिएको नेपालकै एकमात्र हटएयर बेलुनमा ‘गोपी’को पोस्टर टाँसेर फिल्मले पोखरामा प्रचार सुरु गरेको हो ।

फिल्मका कार्यकारी निर्माता श्रीधर पौडेलले पछिल्लो समय हट एयर बेलुनमा मानिसहरुको आकर्षण बढ्दै गएको कारण त्यसको फाइदा उठाउँदै गोपीको प्रचार अझै प्रभावकारी गर्न बेलुनमा फिल्मको पोष्टर टाँगिएको बताए ।  दीपेन्द्र लामाको कथा तथा निर्देशन रहेको फिल्ममा विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको प्रमुख भूमिकामा अभिनय छ ।