काठमाडौं । विगत १० वर्षदेखि निरन्तर रूपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको सिजन मिडियाले ‘मिस इकलेज २०१९’ को नवौैैं संस्करणको लागि आवेदन फारम खुल्ला गरेको छ । उपत्यका लगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्ष देखि २४ वर्ष सम्मका छात्राहरुलाई मध्यनजर राखि प्रतियोगिताको आयोजना गर्न लागिएको सिजन मिडियाका प्रबन्ध निर्देशक प्रदिपराज वन्तले बताए ।
कलेज स्तरका युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वैदेशिक शिक्षाको लागि अवसर साथै उनीहरुको आन्तरीक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको उनले जनाए ।
प्रतियोगिताका लागि विभिन्न कलेजहरुवाट ३० जना प्रतियोगीहरुलाई सहभागी गराइने छ । कार्यक्रमको लागि सहभागीताको लागि माघ तेस्रो सातासम्म आवेदन फारम सिजन मिडियाको कार्यालय पुतलीसडकमा भर्न सकिनेछ । उत्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रधा फाल्गुनको अन्तिम साता राजधानीमा सम्पन हुनेछ । प्रतियोगिताका विजेताले शीर्ष ताज उपाधिसहित सुजुकी लेट्स स्कुटर र उच्च शिक्षाको लागि अष्टेलियाको लागि छात्रावृत्ति पाउने छिन भने वाली भ्रमण गर्नको लागि हवाइ टिकट पाउने छिन साथै अन्य गिफ्टहयाम्पर पाउने छन ।
फस्ट रनर अप र सेकेण्ड रनर अपले भने मोवाइलफोन तथा अष्टेलियाको लागि छात्रावृत्ति साथै वाली भ्रमण गर्नको लागि हवाई टिकट पाउने छिन भने अन्य विभिन्न गिफ्टहयाम्परहरु प्राप्त गर्ने छिन् । यस बाहेक अन्य विभिन्न २० विधामा पनि विजेता छनौट गरिनेछ ।