पल र नाजिरलाई वर्षाको पिरतीको मिठो तिर्सना

काठमाडौं । झण्डै अढाई दशक अघि निर्मित फिल्म ‘देउता’को हिट गीत ‘पिरतीको मिठो तिर्सना’को रिमेक भर्सन गीत सार्वजनिक भएको छ । अभिनेता राजेश हमाल र नायिका सिर्जना बस्नेतले फिचरिङ गरेको त्यो पुरानो गीत सदाबहार गीत मानिन्छ ।

यो गीतको रिमेक भर्सनलाई दर्शकले फिल्म ‘वीरविक्रम २’मा हेर्न पाउनेछन् । रिमेक भर्सन गीतमा नायक पल शाह, नाजिर हुसेन र नायिका वर्षा शिवाकोटीले अभिनय गरेका छन् । बिहीबार सार्वजनिक गीत मनाङ र मुस्ताङमा खिचिएको छ ।

रिमेक भर्सनको गीतमा ताराप्रकाश लिम्बु र मेलिना राईको स्वर छ । तुलसी घिमिरे र कुसुम गजमेरको शब्द रहेको गीतमा रन्जीत गजमेरको संगीत छ । यो गीतको ओरिजिनल गीतमा इन्द्रजित मिजार र भारती घिमिरेको स्वर छ ।

रिमेक भर्सनको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । फिल्ममा बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको अभिनय छ । फिल्ममा हिमाल केसीको द्वन्द्व, प्रदीप भारद्धाजको लेखन, अपर्ण सापकोटा सह–निर्माण छ ।