मनमायाको लाहुरे दाईको पल्टने झोला

काठमाडौं । लोकगायिका मनमाया वाईबाको नयाँ गीत ‘लाहुरे दाईको पल्टने झोला’ सार्वजनिक भएको छ । मौलिक र झ्याउरे भाकामा तयार भएको गीत मनमायाको आफ्नै युट्युव च्यानल मनमाया वाईबामार्फत सार्वजनिक भएको हो ।

गीतमा गायिका मनमाया वाईबाको साथमा गायक नेत्र भण्डारीको स्वर रहेको छ । गीतमा रबिन लामिछानेको शब्द र गायक भण्डारीकै लय छ । सुरेश वाईबाले निर्माण गरेको भिडियोमा नृत्य निर्देशक तथा मोडल उमेश गुरुङको निर्देशन छ ।

भिडियोमा रिना थापा मगर, रितु तामाङ, किस्मत तामाङ र सुरेश वाईबाको अभिनय छ । भिडियोमा हरिनारायण चौधरीको छायांकन, सुजन शाहीको सम्पादन छ ।