मायालुलाई सम्झेर कृष्णको वियोग गीत

काठमाडौं । गायक कृष्ण काफ्लेको स्वर तथा संगीतकार दीपक शर्माको संगीतमा ‘सम्झनु त सजिलो छ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गीतकार एसपी कोइरालाको शब्द छ ।

वियोगान्त फ्लेभरको गीतको म्युजिक भिडियोमा निसानकश्यप घिमिरेको निर्देशन छ । भिडियोमा सृष्टि खड्का र महेश खडका फिचर्ड छन् । थाइल्याण्ड र नेपालमा खिचिएको भिडियोमा ओम प्रसाईको छायांकन, विकास दाहालको सम्पादन छ ।