मिस लिटिल नेवाको प्रतिभा

काठमाडौं । नेप्लीज फेसन होमले आयोजना गरिरहेको ‘मिस लिटिल नेवाः ११३९’ का प्रतिस्पर्धी बालिका तथा किशोरीहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । शनिवार काठमाडौंमा आयोजित ट्यालेन्ट शोमा २३ जना प्रतिस्पर्धीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् ।

नेवार समुदायका बालिका तथा किशोरीहरुले सहभागिता जनाइरहेको प्रतियोगिताका प्रतिस्पर्धीहरुले ट्यालेन्ट शोमा गायन, नृत्य, बाद्यवादन तथा खेल कौशल प्रस्तुत गरे । कार्यक्रममा पलिस्टा नापित, बियंका खड्का ताम्राकार, युशिका अमात्य, रेवती महर्जन, जेनिशा बज्राचार्य, हिमानी प्रधान, दृष्टि श्रेष्ठ, श्रद्धा शाही, रेशुका श्रेष्ठ, सफलता श्रेष्ठ, सनिशा लगेजु, प्रतिक्षा राजबाहक, उन्नति प्रधान, कृपा स्वङ्मिखाले विभिन्न नेवारी गीतमा आकर्षक नृत्य प्रदर्शन गरे ।

त्यस्तै लुस्वन मानन्धरले गीत गाएर आफ्नो कला प्रस्तुत गरिन् भने अन्वेषा कर्माचार्य, रिया श्रेष्ठ तथा रेहा रञ्जितले बा“सुरी तथा भ्वाइलिन वादनमार्फत प्रतिभा देखाए । प्रतिस्पर्धी कृषा भाषिक श्रेष्ठले चित्रकलामार्फत प्रतिभा प्रदर्शन गर्दा कृति श्रेष्ठ तथा अदिती बिरबलले उसू खेलका कौशलहरु देखाए ।नेवार समुदायका बालिका तथा किशोरीहरुलाई नेवार भाषा, नेवारी कला, संस्कृति र भेषभूषासम्बन्धि ज्ञान दिने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले बताइन् ।

आगामी शनिवार ग्राण्ड फिनाले सञ्चालन हुने उक्त प्रतियोगिताको कोरियोग्राफी प्रजिता श्रेष्ठ र सेलिना श्रेष्ठले गरिरहेकी छिन् । उद्योगी प्रदीपमान प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न ट्यालेन्ट शो यमुना मानन्धर, अञ्जु श्रेष्ठ, दीपक बज्राचार्य, सुरजबिर बज्राचार्य,मटिन मानन्धर, अरुणा भट्टराई तथा अशोक श्रेष्ठ निर्णायक रहनु भएको प्रतियोगिताकी संयोजक प्रदिका महर्जनले जनाएकी छिन् ।