कवि देवकोटामा सुनिए विश्व–सुजाता

काठमाडौं । गायक विश्व नेपालीको नया“ गीत ‘कवि देवकोटा’ को भिडियो सार्वजनिक भएको छ । ‘मीठो साह्रै मीठो’ गीतको अपार सफलतापछि गायक नेपाली तथा द नेक्स्ट ग्रुप पुनः एकपटक नया“ गीतको भिडियो लिएर आएका हुन् । गीतमा गायक नेपालीलाई गायिका सुजाता उपाध्यायले साथ दिएकी छिन् ।

गीतकार एकनारायण भण्डारीद्वारा रचना गरिएको गीतमा आशिष अविरलको संगीत छ । अविरलले नै यो गीतलाई संगीत संयोजन गरेका हुन् । अष्टे«लियामा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोलाई प्रदीप लामाले निर्देशन गरेका हुन् । भिडियोमा द नेक्स्टका कलाकारका साथै गायक नेपालीले पनि अभिनय गरेका छन् । भिडियोमा प्रदीप लामा तथा सुजना पौडेलको कोरियोग्राफी छ ।

बिजया बानिया तथा योगेश कार्कीले भिडियोमा सहायक कोरियोग्राफी गरेका छन् । सिरुजल इभर तथा ल्याक्स तामाङद्वारा छायांकन गरिएको भिडियोमा सिरुजल इभरको सम्पादन, भिएफएक्स तथा कलर करेक्सन छ ।