माया र प्रेमभावका रणवीर फष्टलुक

काठमाडौं । पात्रबीचको माया र प्रेमभावलाई झल्काउने गरी फिल्म ’रणवीर’ को फष्टलुक सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा नायक सुशील सिटौलालाई दुई डेब्यु गर्ल सुबेक्षा खड्का र सुपुस्पासँगको माया र मित्रतालाई देखाइएको छ । सार्वजनिक पोस्टरमा फिल्मका लिड कलाकारहरू सुशील सिटौला, प्रशान्त ताम्राकार, सुबेक्षा खड्का, सुपुस्पा भट्ट फिचर्ड छन् ।

फिल्मको कथावस्तु अनुसार नै पोस्टर तयार गरिएको निर्माण पक्षले बताएका छन् । यसै फिल्मको लागि सुशीलले आफ्नो शारीरिक बनावटमा पनि परिवर्तन ल्याएका थिए । झन्डै ६ महिनाको मेहनतपछि सुशील रणवीर बन्न योग्य भएको निर्माण पक्षले बताएका छन् । साथै सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल पाएकी सुबेक्षालाई यसै फिल्म मार्फत डेब्यु गर्दै्छिन् ।

फिल्ममा माया, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । फिल्मलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । निर्माता रेग्मीले फिल्मले युवाको कथा बोल्ने भएकाले पात्रबीचको माया र मित्रतालाई देखाइएको बताए । गोविन्दसिंह भण्डारीको कथा, पटकथा, संवाद तथा निर्देशन रहेको फिल्ममा रवि गिरी, नरेश पौडेल, हरिहर शर्मा , टिका पहाडी लगायतका कलाकारको पनि अभिनय रहेको छ ।