‘अनागत यथार्थसँग नजिक’

काठमाडौं । मनोविज्ञानमा आधारित फिल्म ‘अनागत’ ले राजधानीमा बुधबार एक पत्रकार सम्मेलन गर्दै आफू प्रदर्शनका लागि तयार भएको जानकारी दिएको छ । एक परिवारमा शंका उत्पन्न भएपछि आउने परिस्थितिलाई देखाइएको फिल्ममा अर्पण थापा, प्रियंका कार्की, प्रविन खतिवडा, रोसिन सुबेदीलगायतको अभिनय छ । फिल्ममा प्रियंका र अर्पण श्रीमान र श्रीमतीको भूमिका निर्वाह गरेका छन् ।

फिल्मका निर्देशक साम्तेन भुटियाले फिल्मले एउटा परिवारको कथा भन्ने र फिल्ममा परिवारमा आउने समस्यालाई चित्रण गरिने बताए । ‘फिल्ममा मैले सोचेको झैं प्रियंका र अर्पणले आफुलाई प्रस्तुत गरेका छन् । यो फिल्म सस्पेन्स थ्रिल जनरको फिल्म हो । जसमा शंका उत्पन्न गर्ने अवस्थालाई देखाइनेछ । यसमा अरु कमर्सियल फिल्म जस्तो तडकभडक छैन । तर यो यथार्थसँग नजिक रहेको फिल्म हो ।’ साम्तेनले भने ।

नायक अर्पणले ‘अनागत’ आफू नजिक रहेको फिल्म भएको बताए । ‘यसको क्यारेक्टरबाट निस्किन मलाई समय लागेको थियो । त्यहि अनुरुप सुन्ने बानी भैसकेको थियो ।’ उनले भने । नायिका प्रियंकाले फिल्ममा आफूले फरक भूमिकामा अभिनय गरेको बताइन् ।

माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिगपिक्चर्सको ब्यानरमा निर्मित फिल्ममा समीर उपाध्याय, चन्द्रकुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयमको लगानी छ ।फिल्म माघ ११ गते रिलिज हुँदैछ ।