मध्य महिनामा मुन्ना भाइको तेस्रो सिक्वेल

मुम्बई(एजेन्सी) । बलिउडमा राजकुमार हिरानीको फिल्म ‘मुन्ना भाई एमबीबीएस’बाट धमाकेदार पुनरागमन गर्न लागेका सञ्जय दत्त चाँडै नै फिल्मको तेस्रो सिक्वेलको सुटिङ शुरु गर्दैछन् । फिल्ममा सर्किटको भूमिकामा देखिएका अरशद वरसीले यो खबरको पुष्टि गर्दै फिल्मको सुटिङ यसै वर्षको मध्य महिनामा सुरु हुने बताए ।

उनले फिल्मको स्क्रिप्ट तयार भएको र आफूले यसै वर्षको मध्यबाट फिल्म छायांकनमा जाने तयारी भइरहेको बताए । उनका अनुसार फिल्म यसै वर्षको अन्त्यसम्ममा रिलिज हुनेछ । केही समय अघि एक पत्रिकामा प्रकाशित खबर अनुसार राजकुमार हिरानी फिल्म ‘सन्जु’मा रणवीर कपुरको अभिनयबाट निकै प्रभावित थिए ।

त्यसकारण उनी मुन्नाभाईमा सर्किटको स्थानमा रणवीरलाई खेलाएर सञ्जय र रणवीरको अभिनयबाट थप तारिफ पाउन चाहन्थे । फिल्म ‘मुन्ना भाई’ सिरिजको पछिल्लो दुई संस्करणमा अरशद वरसीले सर्किटको भूमिका निभाएका थिए । यो फिल्मको भूमिकाले अरशद जताततै चिनिएका थिए ।