एभेन्जर्समा हल्क र ब्रुस अलग–अलग

लसएञ्जल्स(एजेन्सी) । फिल्म ‘एभेन्जर्स’ एक चर्चित हलिउड फिल्म सिरिज हो । यसको फाइनल संस्करण आगामी अप्रिलमा रिलिज हुँदैछ । समाचार अनुसार फाइनल संस्करणमा ‘एभेन्जर्स ः एन्ड गेम’मा द हल्क र ब्रुस अलग–अलग देखिने भएका छन् । यदि यो कुरा सत्य भएमा एकै पर्दामा ब्रुस र हल्कले मिलेर दुश्मनलाई पराजित गरेको हेर्न सक्नेछन् ।

मारवेलको फिल्ममा पहिला पनि निर्देशकले यस्तो काम गरिसकेका छन् । ‘स्पाइडर मेन–३’मा निर्माताले ‘स्पाइडर मेन’लाई राम्रो र नराम्रो दुबै रुपमा पर्दामा प्रस्तुत गर्दा दर्शकले निकै चाख मानेका थिए ।

‘एभेन्जर्स इनफिनिटी वार’मा ब्रुसको रिहासा रुप बाहिर आएको थिएन । समाचार अनुसार एक टाइम टेबल सिद्धान्त अनुसार पुुरानो हल्कलाई फेरी ल्याइनेछ । ताकि उसले ब्रुसलाई सहयोग गर्न सकोस् । फिल्मको ट्रेलरमा हल्कको कुनै झलक देखाइएको छैन । साथै निर्माताले यो विषयमा पनि केही घोषणा गरेका छैनन् । तर यो कुराको सत्यता के हो भन्ने थाहा पाउन दर्शकले फिल्म नै हेर्नुपर्ने हुन्छ ।