एक्वामेनको कमाई एक अर्ब डलर बढी

लसएञ्जल्स(एजेन्सी) । वार्नर ब्रदर्स पिक्चर्सको फिल्म ‘एक्वामेन’ले चिनियाँ बक्स अफिसमा धमाल मच्चाउँदै एक महिनामा विश्वभरमा एक अर्ब डलरको कमाईको आँकडा पार गरेको छ । जोन वान निर्देशित सुपरहिरो फिल्म अन्तर्राष्ट्रियस्तरमा विश्वभर लगातार चार हप्ता शीर्ष स्थानमा रह्यो । यो फिल्म उत्तर अमेरिकामा तीन सातासम्म शीर्ष स्थानमै बस्यो ।

वार्नर ब्रदर्स पिक्चर्स समूह र वार्नर ब्रदर्स होम एन्टरटेनमेन्टका विश्व वितरण अध्यक्ष रोन सेन्डर्सले फिल्मले विश्वव्यापी रुपमा एक अर्ब डलर भन्दा बढी व्यापार गरेको पुष्टि गरेका छन् ।

‘हामी यो कुराबाट रोमान्चित छौं कि विश्वभरका दर्शकले ‘एक्वामेन’लाई उत्साहपूर्ण किसिमले मनपराउनुभयो । जेसन, फिल्कर्मी र डिसी(कमिक्स) ले यस्तो फिल्म दिए । जसलाई दर्शकले धेरै प्रेम दिए । हामी उनीहरूको समर्थनको सराहना गर्छौ’, सेन्डर्सले भनेका छन् ।

फिल्ममा जेसन मोमोआ शीर्ष भूमिका छन् । उनका साथमा फिल्ममा एम्बर हर्ड, विलेम डाफो, पैट्रिक विल्सन र ओस्कर विजेता अभिनेत्री निकोल किडमैन पनि छन् ।