‘बैनामा अर्ग्यानिक कथा’

काठमाडौं । यही माघ ११ बाट प्रर्दशनमा आउने फिल्म ‘बैना’ले आइतबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको विषयबस्तुबारे जानकारी दिएको छ । फिल्मका प्रस्तुतकर्ता भुपेन्द्र लिङदेनले फिल्ममा अग्र्यानिक कथा रहेको बताए । उनले फिल्म विशुद्ध नेपालीपन र नेपाली समाजको फिल्म भएको दाबी गरे ।

दिलप्रकाश याक्सो निर्देशित फिल्म पूर्वका रमणिय स्थानमा छायांकन गरिएको छ । हिमाली लिङदेन फिल्मस्को व्यानरमा भुपेन्द्र लिङ्देनको प्रस्तुति रहेको फिल्ममा हिमाली लिङ्देन, राजु लिङ्देन, धनबहादुर याक्सो, बिना पालुङ्वाको लगानी छ ।

तिरुपती पिक्चर्सले वितरण गर्ने फिल्ममा सुबास मेचे, रन्जिता लिम्बु, उदय सुब्बा, सुरवीर पण्डित, भुपेन्द्र लिङ्देन, राजु लिङ्देन, विश्व मुखिया, युमारानी लिम्बु, सन्तु मगरलगायतको अभिनय छ । फिल्मका गीतमा विकास चौधरीको संगीत, राजु किराँतीको द्वन्द्व, विक्रम डिसीको छायांकन, तारा थापा किम्भेको सम्पादन, कमल राईको कोरियोग्राफी र विजय केरुङको कथा, पटकथा र संवाद छ ।