प्रेमिकालाई प्रमोदका मायाका कुरा

काठमाडौं । माघे सक्रान्तिको अवसर पारेर गायक प्रमोद निर्वाणले ‘भन्ने मायाका कुरा भनी सके’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । प्रमोदले आफ्नो चौथो एल्बममा समाबेस गीत स्टूडियो साउंडमिलमा रेकर्ड गरिएको भिडियोलाई प्रमोद निर्वाण इंटरटेन्मेंटको आफनै यूट्यूब च्यानलले बजारमा ल्याएको हो ।

२०६० सालमा ‘निर्माण एण्ड म्यूजिक लिंक’ नाम राखी ‘किन यसरी’, ‘जब तारा गनेर’, ‘कस्तो मोडमा’ जस्ता गीत गाएका प्रमोदले यिनै गीतले चर्चामा ल्याएको थियो । २०६५ सालमा ‘निर्वाण एण्ड म्यूजिक लिंक २’ मा समाबेश गीत ‘तिमी र म’, ‘यो माया त्यों माया’ ल्याए ।

उनले तेस्रो एल्बम ‘निर्वाण एण्ड म्यूजिक लिंक ३’ नाम दिएर २०७० सालमा ‘प्रेम पत्र’, ‘हारेको मुर्दा जीवन’ जस्ता गीत समाबेश गर्दै ’निर्वाण एण्ड म्यूजिक लिंक (ब्रोदरहूड स्टिल इन म्यूजिक)’नामक चौथो एल्बममा बजारमा ल्यायो । यही एल्बमको गीतको भिडियो सार्वजनिक गरिएको हो । म्युजिक भिडियोमा क्षितिज गुरुङले पेमा ह्याल्मोलाई मायाको प्रस्त्ताब राखेका छन् ।

उक्त गीतलाई स्वयं प्रमोद निर्वाणको शब्द, संगीत संयोजन तथा स्वर दिएका छन भने सम्पादन प्रबिन श्रेष्ठले गरेका छन । भिडियोमा अर्जुन सापकोटाको छायांकन र प्रमोदकै निर्देशन छ ।