प्रशान्तले जुराइदिए सुपुष्पालाई रणवीर

काठमाडौं । नवनायिका सुपुष्पा भट्ट आगामी माघ १८ गतेबाट रिलिज हुने फिल्म ‘रणवीर’बाट फिल्म क्षेत्रमा प्रवेश गर्दैछिन् । चार्टर एकाउन्टकी विद्यार्थी ‘रणवीर’मा जोडिने घटना पनि रोचक छ ।

‘मलाई फिल्ममा आउने रहर त थियो । तर चिनजान भने कोहीसँग थिएन । मैले आफ्नो इच्छा एकपटक प्रशान्त ताम्राकार सरसँग शेयर गरेकी थिएँ । अडिसनको खबर पनि प्रशान्त सर मार्फत नै पाएँ’, सुपुष्पाले सम्झिइन्, ‘मलाइ प्रशान्त सरले भन्नु भएपछि इन्टरनेशनल क्लब सानेपा गएर अडिसन दिएँ । मैले पहिला आफैले एउटा डायलग बोले । त्यसपछि सुशीलजीसँग एउटा सिन दिनु पर्ने भयो । त्यो गरेर फर्किए । मलाई बेलुकी मात्र आफु सेलेक्ट भएको थाहा भयो ।’

उनी सिएको विद्यार्थी भएपनि उनलाई घरबाट सहयोग छ । फिल्मको सार्वजनिक सामाग्री गीत र ट्रेलरमा देखिदा नै उनलाई म्युजिक भिडियो, एड तथा केहि फिल्मको अफर आइसकेको छ । तर उनी ‘रणवीर’को परिणाम कुर्दैछिन् । ‘मलाइ कस्तो रुपमा लिनु हुन्छ दर्शकले भन्ने लागिरहेको छ’ सुपुष्पा भन्छिन् ‘रणवीर रिलिज पछि मात्र अन्य प्रोजेक्टमा जोडिन्छु ।’

यसै फिल्म मार्फत उनिसँगै सन् २०१२ कि मिस नेपाल इन्टरनेशनल सुबेक्षा खड्का पनि डेब्यु गर्दैछिन् । फिल्ममा सुशील सिटौला, प्रशान्त ताम्राकार, टिका पहाडी, नरेश पौडेल, रवी गिरी र हरिहर शर्मा,जीवन भट्टराई, भोलाराज सापकोटा, शैलेश्वरी सिंह, जगदीश रिजाल, बसन्ती भट्टलगायतको पनि अभिनय रहेको छ । फिल्मलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा गोविन्दसिंह भण्डारीको कथा, पटकथा, संवाद तथा निर्देशन छ ।